September 14, 2026

विमान दुर्घटना : ७ यात्रु घाइते, सबैको अवस्था सामान्य

0

झापा,  काठमाडौँबाट भद्रपुर (चन्द्रगढी)का लागि उडेको बुद्ध एयरको ATR–72 जहाज अवतरणका क्रममा रनवेबाट चिप्लिएको छ।

राति करिब ९:१० बजे भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा बुद्ध एयरको फ्लाइट नम्बर 901 रनवे हुँदै करिब ३०० मिटर पिच क्षेत्र पार गरी पूर्वतर्फ बाहिर रोकिएको हो। जहाजमा ५१ जना यात्रु र ४ जना चालक दल सवार थिए।

घटनामा जहाजमा सामान्य क्षति पुगेको छ भने कुनै मानवीय क्षति नभएको प्रारम्भिक विवरण प्राप्त भएको छ। सबै यात्रु तथा चालक दलका सदस्यलाई सुरक्षित रूपमा जहाजबाट बाहिर निकालिएको थियो।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको नेतृत्वमा ७० जनाको टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल जिल्ला प्रहरी कार्यालय झापाबाट करिब ७०० मिटर पूर्वतर्फ पर्छ।

घाइतेहरूको विवरण

दुर्घटनामा परेर ७ जना सामान्य घाइते भएका छन्। उनीहरूको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार गरिएको छ।

  1. सबिन जोगी (४०) – भद्रपुर–१०
    छाती, कम्मर र ढाड दुखाइ, बाहिरी चोट छैन ।

  2. प्रेसिषा अधिकारी (२०) – बिर्तामोड–७
    बायाँ खुट्टा सुन्निएको, अवस्था सामान्य ।

  3. सुमित्रा जोगी (४२) – बिर्तामोड–१
    बायाँ खुट्टा दुखाइ, बाहिरी चोट छैन ।

  4. कमलप्रसाद कटुवाल (२८) – दमक–१
    दाहिने खुट्टामा सामान्य चोट, उपचारपछि डिस्चार्ज ।

  5. मुना घतानी (४०) – काठमाडौं–१६
    टाउको दुखाइ र चक्कर, बाहिरी चोट छैन ।

  6. प्रिया घतानी (१६)
    दाहिने घुँडामा चोट, अवस्था सामान्य ।

  7. सुशान्त श्रेष्ठ (२४) – ललितपुर–४
    अनुहार र टाउकोमा चोट, अवस्था सामान्य (को–पाइलट) ।

थप अपडेट

घाइतेमध्ये सबिन जोगीलाई अस्पतालमा भर्ना गरिएको छ भने अन्य सबैलाई राति १२:४५ बजे डिस्चार्ज गरिएको जिल्ला प्रशासन स्रोतले जनाएको छ। चालक दलका जम्मा ५ जना सदस्य रहेको पुष्टि गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *