September 13, 2026

एल एण्ड सी मोडल एजेन्सीद्वारा ‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन’ घोषणा

0
सुन्दरहरैंचा(मोरङ) : फेसन, मोडलिङ तथा सौन्दर्य प्रतियोगिताको क्षेत्रमा कोशी प्रदेशमा लामो समयदेखि सक्रिय एल एण्ड सी मोडल एजेन्सी प्रा. लि. ले ‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन’ आयोजना गर्ने घोषणा गरेको छ ।

एजेन्सीले ७ वर्ष देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै प्रतियोगिताको पहिलो सिजन सञ्चालन गर्न लागेको हो। विगतमा थुप्रै सफल कार्यक्रमहरू आयोजना गरी छुट्टै पहिचान बनाइसकेको एल एण्ड सी मोडल एजेन्सीले कोशी प्रदेशभरिका बाल प्रतिभालाई एउटै मञ्चमा ल्याई उनीहरूको आत्मविश्वास, नेतृत्व क्षमता र व्यक्तित्व विकासमा योगदान पु¥याउने उद्देश्य राखेको संस्थाका सिईओ दिपक गिरिले बताए।
यसअघि एजेन्सीले सुनसरी लिटल प्रिन्स एण्ड एन्जल, विराटनगर लिटल प्रिन्स एण्ड एन्जल, प्रोभिन्सियल ब्राइडल फेसन शो, मिसेस धरान आइकन, लिटल मिस्टर एण्ड मिस धरान आइकन, मिस धरान सुपर आइकन, फेस अफ पूर्व लगायतका प्रतियोगिताहरू सफलतापूर्वक आयोजना गरिसकेको छ ।

‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन’ का लागि कोशी प्रदेशका विभिन्न शहरहरूमा अडिसन सञ्चालन गरिनेछ। अडिसन कार्यक्रम शनिबार बराहक्षेत्रबाट सुरु हुँदै पौष ५ गते बराहक्षेत्र, पौष १२ गते धरान, पौष १५ गते उर्लाबारी र कानेपोखरी, पौष २६ गते दमक, माघ ३ गते विराटचोक, माघ १० गते विराटनगर र माघ १७ गते इटहरीमा आयोजना गरिने एजेन्सीले जनाएको छ।

अडिसनबाट छनोट भएका प्रतियोगीहरूलाई सोही स्थानमै तालिम प्रदान गरिने व्यवस्था मिलाइएको छ । तालिममा पर्सनालिटी डेभलपमेन्ट, पब्लिक स्पिकिङ, गुड टच–ब्याड टच, योगा लगायतका विषय समावेश हुनेछन् । स्थानीयस्तरको तालिमपछि सेमिफाइनल आयोजना गरिने र त्यहाँबाट उत्कृष्ट प्रतियोगीहरूलाई फाइनलका लागि छनोट गरिनेछ ।
फाइनल कार्यक्रमबाट ‘जूनियर मिस्टर कोशी आइकन’ र ‘जूनियर मिस कोशी आइकन’ उपाधि प्रदान गरिनेछ । साथै रनरअप र विभिन्न सब–टाइटल विजेताहरूको पनि घोषणा गरिनेछ । प्रतियोगिताका मुख्य विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रथम रनरअपलाई साइकल र दोस्रो रनरअपलाई ट्याब्लेट प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक ७ देखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि सहभागिता शुल्क १५ हजार रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *