September 14, 2026

सामसुङ ग्यालेक्सी A 17 5G सार्वजनिक

0

बिर्तामोड ।

सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए सीरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ ५ जी सार्वजनिक गरेको छ ।

सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए सीरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ ५जी सार्वजनिक गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको उक्त स्मार्ट मोबाइलको मूल्य ३४ हजार नौ सय ९९ (८.२५६जीबी), रु. ३० हजार नौ सय ९९ (८.१२८ जीबी) र रु. २८ हजार नौ सय ९९ (६.१२८ जीबी) तोकिएको छ ।

ग्यालेक्सी ए १७ फाइभजीमा ६.७९ इञ्च सुपर एमोलिड डिस्प्ले ९० हर्ज रिफ्रेस रेटसहित, अझै पातलो र हल्का डिजाइन र लाइनर ग्रुप गरिएको क्यामेरा सेटअप छ । यसमा ५० एमपी ओआइएस मुख्य क्यामेरा, पाँच एमबी अल्ट्रा–वाईड र दुई एमपी म्याक्रो लेन्स रहेको छ, जसले विभिन्न खिचाइका विकल्प उपलब्ध गराउँछ । यसमा जेमिनी इंटिग्रेशन, जेमिनी लाइभ र सर्कल टु सर्च जस्ता एआइ टुलहरू प्रयोग गर्न सकिन्छ, जसले दैनिक जीवनलाई अझ सहज र स्मार्ट बनाउने कम्पनीले विश्वास लिएको छ ।

कार्यक्रममा सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सीको नयाँ प्रडक्टले उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेको बताए । उनी भन्छन– ‘ग्यालेक्सी ए १७ ५जी मार्फत हामीले नेपालको उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेका छौं । प्रिमियम डिभाइसमा मात्र सीमित नवप्रवर्तनलाई सबैले पाउन सकुन् भन्ने हाम्रो विश्वास हो । ए १७ ले एआइ सञ्चालित प्रविधिलाई हरेक दिनको जीवनमा उपलब्ध गराउने दिशामा नयाँ कदम चालेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *