April 29, 2026

प्रणामी व्यवसाय संघ नेपालद्वारा बजगाई र सापकोटालाई स्वागत सम्मान

0

झापा, प्रणामी व्यवसाय संघ नेपाल जिल्ला कार्य समिति झापाले गायन रियालीटि सो भ्वाइस अफ किड्स सिजन ४ को फाइनलिस्टमा पुग्न सफल स्मयन बजगाई र सारेगम लिटल च्यामको फाइनलिस्टमा पुग्न सफल संस्कार सापकोटालाई स्वागत सम्मान गरेको छ।

सापकोटालई भने भोटिङ गर्न आग्रह गर्दै समितिले विजयको शुभकामना व्यक्त गरेका हुन्। बजगाईं र सापकोटा दुवैजना झापाको बिर्तामोड ५ निवासी हुन्। उनीहरू दुवैजना बिर्तामोड पाँचस्थित न्युटन्स एजुकेसन एकेडेमीको कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन्।

प्रणामी समुदायका यी दुई बालकहरूले आफ्नो प्रतिभालाई नेपालकै सबैभन्दा ठूलो रियालिटी शो मार्फत प्रस्तुतिहरु राखेको भन्दै प्रणामी व्यवसाय झापाले उनीहरुलाई दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरेको हो।

समितिको प्रथम बैठकको अवसर पारेर आज बिर्तामोड २ स्थित चारपानेमा रहेको श्री कृष्ण प्रणामी मन्दिरको सभाहलमा एक कार्यक्रमका बीच उनीहरूलाई सम्मान गरिएको हो।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सत्संग सेवा परिषद् झापाका अध्यक्ष विष्णु प्रसाई,प्रणामी व्यवसाय सङ्घ नेपाल जिल्ला कार्यसमिति झापाका अध्यक्ष टहलदास ओली ,श्रीकृष्ण प्रणामी मन्दिर चारपानेका अध्यक्ष राजेन्द्र कुमार बस्नेत लगायतले सम्मान गरेका हुन् ।

समितिका उपाध्यक्ष दीपक शिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन समितिका सह – सचिव दिनेश भट्टराईले गरेका थिए ।

त्यसैगरी समितिले सदस्य ,सल्लाहकार थप गरेर समिति लाई पूर्णता दिएको छ। समितिले शिवकुमार अग्रवाल, दीपक उप्रेती, कुलप्रसाद शिवाकोटी, मातृका बजगाई, हरिप्रसाद सापकोटा, अशोक तिम्सिना र घनश्याम मैनालीलाई सदस्यमा मनोनित गरेको छ।


यस्तै समितिले सल्लाहकारमा विष्णुप्रसाद प्रसाई ,समर्पण खतिवडा ,शान्ता मैनाली ,मिरा अधिकारी ओली,टंक मैनाली–गोमा भट्टराई,दिनोज बजगाई र डिल्ली कोइरालालाई मनोनित गरेको छ।

त्यस्तै प्रणामी व्यवसायी संघ नेपालको केन्द्रिय प्रतिनिधि तथा सदस्यमा मनोज बजगाई तथा पुष्प आचार्य लाई पठाउने निर्णय गरेको समितिले जनाएको छ।

त्यस्तै समितिले कानुनी सल्लाहकारमा बेनुप सिटौला र विजय ढुङ्गानालाई मनोनित गरेको अध्यक्ष ओलीले जानकारी दिए।
प्रणामी समुदाय भित्र रहेर व्यापार व्यवसाय गरिरहेका हरुको हक अधिकार स्थापित गर्न र सुनिश्चित गर्न संस्थाको स्थापना गरिएको प्रमुख अतिथि सत्संग सेवा परिषद् झापाका अध्यक्ष विष्णुप्रसाद प्रसाईले जानकारी दिए ।

आगामी दिनमा पनि १५ वटै पालिकाभित्र रहेर व्यापार व्यवसाय गरिरहेका प्रणामी समुदायका व्यक्तिहरुलाई समेटेर उपलब्धिमूलक कार्यक्रमहरू आयोजना गरिने समितिका सहसचिव दिनेश भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *