विद्यालय र वृद्धाश्रममा खाद्यन्य सहित कुर्सी टेवल प्रदान
झापा, सामाजिक उत्तरदायित्व अन्तरगत रिलायवल नेपाल लाइफ इन्स्यारेन्स लिमिटेड भद्रपुर शाखाले भद्रपुरमा रहेको सिंहदेवी आधारभूत विद्यालयलाई फर्निचरका सामग्री प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अध्ययनमा सहजता पु¥याउने उद्देश्यले संस्थाले कुर्सी सहित टेवल प्रदान गरेको हो ।

रिलायवल नेपाल लाइफ इन्स्यारेन्स लिमिटेडको आठौं स्थापना दिवसका अवसरमा भद्रपुर २ मा रहेको सो विद्यालयलाई १२ थान कुर्सी र दुई थान टेवल प्रदान गरिएको रिलायवल नेपाल लाइफ इन्स्यारेन्स लिमिटेडका असिस्टेण्ट स्टार एजेन्सी मेनेजर (एमडीआरटी) वावुराम अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सो सामग्री बिद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो ।

सो कार्यक्रममा रिलायवल नेपाल लाइफ इन्स्यारेन्सका भद्रपुर शाखा प्रमुख भुपाल घिमिरे, एमडीआरटी पूर्णप्रसाद लिम्बू, लाल मेचे वरिष्ठ एजेन्सी म्यानेजर इन्दिरा राई, सुमिता हास्दा सहित कर्मचारी सहभागी थिए ।

यता रिलायवल नेपाल लाइफ इन्स्यारेन्स लिमिटेड बिर्तामोड शाखाले समेत परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित ‘हाम्रो साझाघर वृद्धाश्रम’ मा वृद्ध वृद्धालाई फलफूल सहितका सामग्री र ३० थान कुर्सी प्रदान गरेको छ ।
बिर्तामोड शाखाले समेत सामाजिक उत्तरदायित्व अन्तरगत नै त्यहाँ रहेका ज्येष्ठ नागरिकहरुलाई सहयोग सामग्री उपलब्ध गराएको हो । कार्यक्रम कम्पनीका कोशी प्रदेश प्रमुख रोशननिधि तिवारीको प्रमुख आतिथ्यताम रहेको थियो ।
कार्यक्रममा कम्पनीका बिर्तामोड शाखा प्रमुख निरप्रसाद अधिकारीसहित एजेन्सी म्यानेजरहरु र कर्मचारीहरु सहभागी थिए ।
