June 19, 2026

कस्तो हाम्रो सेवा अनि जिवन यो
हरपल खट्नु पर्छ दिनरात नभनेर
भोक प्यास नभनि सेवा गर्दागर्दै
कति बेला कहाँ जिवन वलिदान हुने हो हेर।

आमाको रक्षा र जनताको शान्ति सुरक्षा
महान् जिम्मेवारी काधँमा बोकेर
अरुको दुस्ख पिडामा मलम लगाउँछौ हामी
आफ्नो जिवनका हरेक घाउहरु छोपेर।

आमाबाबुको काख साथीभाईको साथ
लालाबाला अनि प्रियसीको माया र याद लिएर
जिवनका रंगहरु,मायाले भरिएका पलहरु
भुलाउनु छ आज अरुको खुसीका निम्ति जिएर।

जस्का निम्ति समर्पित छ जिवन हाम्रो
तर उसैले बुझ्दैनन् हाम्रो सेवा र धर्मलाई
गल्ति कोट्याउन र छवि होच्याउन चल्छन् कलमहरु
आज देखिँदैन अनि लेखिदैन हाम्रा पिडा अनि सत्कर्मलाई।

हत्या,हिंसा,अराजकता कस्तो होला जनजिवन
यदि हामी अहोरात्र नहुँदा यहाँनेर
कति खुसी हुन्थ्यो हाम्रो मन माया सद्भाव पाए
सबैले नेपाल प्रहरीको महत्वलाई बुझेर।
नामस्(टिकाप्रसाद खतिवडा
दर्जास्(प्रहरी जवान
दरवन्दीस्(स।प्र।से झापा
कार्यरत स्थानस्(ई।प्र।का राजगढ झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *