September 18, 2026

इरानबाट दुई नेपाली भारत आइपुगे

0

योगेन्द्र योगी
काठमाडौँ :

द्वन्द्वग्रत इरानबाट २ नेपालीको उद्धार भएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतको सहयोगमा इरानको मसदबाट उनीहरुको उद्धार गरिएको हो। फर्किनेहरुमा उद्धार हुनेमा गणेश पोखरेल र सुमन गैरे रहेका छन्।

उनीहरुलाई नेपाली दूतावास र भारतीय विदेशमन्त्रालयका अधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए। उनीहरू मंगलबार नै बुटवल प्रस्थान गरिसकेको दूतावासले जनाएको छ। इरानमा रहेका १६ जना नेपालीमध्ये पाँच जना जेलमा रहेकाले बाँकी ११ जनाको उद्धार गर्ने तयारी भएको थियो।

इजरायल–इरानबीच युद्ध चर्किएसँगै इजरायलमा रहेका नेपालीहरुको उद्धारका प्रक्रिया पनि सरकारले सुरु गरेको छ। नेपाल फर्किन चाहने नेपालीको विवरण लिन सरकारले सुरु गरेकोमा सोमबारसम्म ८८५ जनाले नाम दर्ता गराएको परराष्ट्रमन्त्री आरजु राणाले जानकारी दिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *