September 18, 2026

कचनकवल गाउँपालिकाको बजेट ६६ करोड १९ लाख

0

झापा । देशकै सबैभन्दा होचो भूभाग रहेको झापाको सदूर दक्षिणी कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि ६६ करोडबढीको बजेट सार्वजनिक गरेको छ ।

आज आयोजित गाउँसभाको १६ औँ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले आ।व। ०८२र०८३ का लागि ६६ करोड १९ लाख ७९ हजार ५३० रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटमा आन्तरिक स्रोततर्फ १० करोड एक लाख पाँच हजार ९७७, राजश्व बाँडफाँडतर्फ संघबाट १० करोड ९४ लाख ५९ हजार ५५३ र कोशी प्रदेशबाट ७३ लाख चार हजार, वित्तीय समानीकरण अनुदानतर्फ संघबाट १२ करोड ७६ लाख र प्रदेशबाट एक करोड १८ लाख ९७ हजार, सशर्त अनुदानतर्फ संघबाट २७ करोड ३४ लाख र प्रदेशबाट ९७ लाख १३ हजार एवम् विशेष तथा समपूरक अनुदानतर्फ संघबाट एक करोड ५० लाख र प्रदेशबाट ७५ लाख प्राप्त हुने अनुमान गरिएको छ । 

गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीको अध्यक्षतामा सञ्चालित सभामा उपप्रमुख भट्टराईले विनियोजित बजेटबाट चालुतर्फ ४२ करोड २८ लाख ७६ हजार ५०१ र पूँजीगततर्फ २३ करोड ९१ लाख तीन हजार २९ रुपैयाँ खर्च हुने गरी तर्जुमा गरिएको बताउनु भयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलको उपस्थितिमा सञ्चालित सभामा अध्यक्ष राजवंशीले कचनकवल गाउँपालिकाको समृद्धिको योजनासहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष भट्टराईले नीति तथा कार्यक्रममा सामञ्जस्यता हुने गरी विभिन्न शीर्षकमा बजेट बाँडफाँड गरिएको जानकारी दिनुभयो ।

पर्यटकीय महत्व बोकेको सबैभन्दा होचो स्थान रहेको कचनकवल स्तम्भको गौरव बोकेको कचनकवल गाउँपालिकाले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा बजेटको ६३ प्रतिशत खर्च गरिसकेको छ भने असार मसान्तसम्ममा करिब ८० प्रतिशत खर्च हुने अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *