September 24, 2026

बाटेको अर्ग्यानिक धुप र परालको चप्पल बनाउने तालिम सम्पन्न,गौरादहमा उद्यमशिलताको नयाँ ढोका खुल्यो  

0

 

झापा । गौरादह नगरपालिका–१ स्थित सभाहलमा १५ दिने ‘बाटेको अर्ग्यानिक एण्टी ब्याक्टेरियल धुप र परालको चप्पल उत्पादन, बजारीकरण तथा ब्राण्डिङ’ सम्बन्धी तालिम भव्य रुपमा सम्पन्न भएको छ।

नगरपालिकाको आर्थिक सहयोगमा दिब्यदृस्टी भेनेरेसन एण्ड एग्रो कन्सर्न, कमल गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको तालिमले महिला तथा स्थानीय समुदायमा आत्मनिर्भरता र साना उद्योमी बन्न चाहानेप्रति उत्साह बढाएको छ।

कार्यक्रमकी प्रमुख अतिथि गौरादह नगरपालिकाका उपप्रमुख जलबर्सा राजबंसीले नगरले उत्पादनमुखी तालिमहरूलाई प्राथमिकतामा राखेको र यस्ता प्रयासहरूले रोजगारी सिर्जना र स्वदेशमै आत्मनिर्भरता सम्भव हुने बताइन। उनले यश प्रकारको कार्यक्रम धेरै भए पनि यो कार्यक्रम जति प्रभाबकारी कार्यक्रम अहिले सम्म नभएको भन्दै खुसी प्रकट गरिन ।

कार्यक्रममा दिब्यदृस्टी एबम पाथिभरा हेल्थ एन्ड वेलनेश फाउन्डेसनका अध्यक्ष बिष्णुप्रसाद पोखरेलले तालिमको उद्देश्य, महत्व र सहभागीहरूद्वारा बनाइएका सामग्रीबारे विस्तृत जानकारी दिएका थिए। उनले सहभागीहरूलाई उत्पादनपछि बजारीकरणमा सहजीकरण गरिने पनि जानकारी दिए। स्वास्थ्य जिबनका लागि अर्ग्यानिक तथा एन्टी ब्यक्टोरियल धुप उत्पादनमा आफुहरु लागेको र दिब्यदृस्टी ब्रान्डको धुप बजारमा ल्याएको पोखरेलले बताए ।

कार्यक्रमको समापनमा गौरादह नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख बबिता तुम्बाफो र वडा सदस्य अन्जु निरौलाले सहभागीहरूलाई आगामी दिनमा निरन्तर उत्पादन गर्दै व्यवसायिक यात्रामा लाग्न प्रेरणा दिदै आगामी दिनमा यो कार्यक्रमलाई निरन्तरता दिने बताएकि थिइन ।

प्रमुख प्रशिक्षक समेत रहेकी दिब्यदृस्टीकि सन्चालिका तथा कार्यकारी प्रमुख बबिता तिम्सिनाले तालिमले महिलाहरुको उद्यमशीलताको जग बसाउन ठुलो टेवा पु-याउने  विश्वास व्यक्त गरिन्। तालिममा सहभागीहरूलाई बीउ पूजि स्वरूप आवश्यक धुप बनाउन चाहिने सामग्री र ब्राण्डिङ सामग्री प्रदान गरिएको तिम्सिनाले जानकारी गराइन । १५ दिने तालिमबाट स्थानीय स्रोत साधनको सदुपयोग गरी नयाँ उत्पादनको सम्भावना उजागर हुनुका साथै बजारसम्म पु-याउने सीप सिकाइएको आयोजकको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *