September 23, 2026

पूर्वेली ढुवानी सेवाद्वारा अशोक लेल्यान्डका थप दुईवटा दश चक्के ट्रकहरू खरिद

0

बिर्तामोड, ढुवानी क्षेत्रमा आफ्नो लोकप्रियता बढाउँदै लगेको पूर्वेली ढुवानी सेवा प्रा.लि. बिर्तामोडले आफ्नो व्यवसायलाई थप सुदृढ बनाएको छ।

आज पूर्वेली ढुवानी सेवाले आईएमई मोटर्सबाट अशोक लेल्यान्डका दुईवटा दश चक्के ट्रकहरू खरिद गरेको हो । पूर्वेलीका सञ्चालक निर्मलराज खत्रीले अशोक लेल्यान्ड कम्पनीको २५२३ (घोप्टो पत्ती) मोडलका ट्रकहरू खरिद गरेको जानकारी दिनुभयो।

एक संक्षिप्त कार्यक्रमका बीच खत्रीले लेल्यान्ड कम्पनीको बिक्री केन्द्र चारपानेबाट ट्रकको चाबी ग्रहण गर्नुभयो । कम्पनीका रिजनल सेल्स म्यानेजर सुशील दाहालले सञ्चालक खत्रीलाई चाबी हस्तान्तरण गर्नुभएको हो।

सञ्चालक खत्रीले विगतका वर्षहरूदेखि नै अशोक लेल्यान्डका ट्रकहरू प्रयोग गर्दै आएको र अन्य कम्पनीका ट्रकहरूको तुलनामा बढी सन्तुष्ट रहेको बताउनुभयो।

व्यवसायी हरिकेशर बस्नेतका अनुसार अशोक लेल्यान्डका ट्रकहरूमा उच्च माइलेज, उच्च भारवहन क्षमताका कारण पूर्वेलीले यो कम्पनी रोजेको हो।

अशोक लेल्यान्ड हिन्दुजा ग्रुपअन्तर्गतको एक भारतीय सवारी उत्पादक कम्पनी हो, जसको मुख्यालय भारतको चेन्नईमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *