June 15, 2026

भद्रपुरमा दिनदहाडै हतियारसहित दुई पक्षबीच भिडन्त, दुईजना पक्राउ

0

झापा,

भद्रपुरमा दिनदहाडै हतियारसहित भिडन्त गर्न खोज्ने दुईजना पक्राउ परेका छन् ।

शनिबार दिउँसो १२ः३० बजे भद्रपुर नगरपालिका –१० चैतुमन्दिर बस्ने विनोद राजवंशीलाई घरमा बसिरहेको अवस्थामा चन्द्रगढी यूथ क्लब (सीवाइसी) का करिब २५ जना युवाहरू आई कुटपिट गर्दा राजवंशीले घरमा भएको कट्टा निकाली ती युवाहरूलाई लखेटेका थिए ।

केही समयपश्चात् पुनः ती युवाहरू खुडा लिएर राजवंशीलाई गालीगलौज गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विजय चौहानको कमान्डमा प्रहरी टोलीले राजवंशी र सीवाइसीका रेजिन सुब्बालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ । विवादमा संलग्न राजवंशी यसअघि लागू औषध मुद्दामा ४ वर्ष जेल सजाय भुक्तान गरी एक वर्ष अगाडि जेलबाट छुटेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *