April 30, 2026

माईखोला पुल नजिकै पिकअप दुर्घटना २५ जना घाइते (घाइतेको नामावलीसहित)

0

इलाम ।

इलामको माई नगरपालिका–१ पाल्टार माईखोला पुलको गोलाईमा पिक अप पल्टिदा २५ जना घाईते भएका छन्।

दुघर्टनामा घाईते भएकाहरुलाई माई अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका बिर्तामोड तर्फ लगिएको छ ।

महमाईबाट दानाबारीतर्फ नेपाल मगर संघको एक कार्यक्रम आउदै गरेका सहभागी लिएर आएको प्रदेश १–०२–००२ च ४१९२ नम्बरको पिकअप सडक गोलाईमा पल्टिँदा २५ जना घाइते भएका हुन् ।

घाइतेहरु मध्ये २४ जनालाई थप उपचारका लागि बिर्तामोडतर्फ लगिएको छ । घाइतेहुनेहरुमा माई–७ का १४ वर्षका रजिन परिवार, ११ वर्षका रजिना परियार ३१ वर्षका गीता मगर नौ वर्षका काजल तामाङ ६० वर्षका चाँदनी मगर ३७ वर्षका चन्द्रबहादुर थापा मगर १७ वर्षका दिलिप मगर १४ वर्षको कन्चन मगर, ११ बर्षका सिम्रन गिरी, १४ वर्षका मेनुका मगर, ५३ वर्षका टप वहादुर मगर, ३६ वर्षका धनबहादुर तामाङ १२ वर्षका सनम लिम्बू रहेका छन्।

त्यस्तै त्यस्तै १४ वर्षका राजी परियार र जितपुर–६ कि पवित्रा लुङ्गेली लगायत रहेका छन् । गाडी चालक २७ वर्ष लेखनाथ सेन्चुरीलाई समेत उपचारका लागि बिर्तामोडतर्फ लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नकसकेो हाम्रा सहकर्मी विमल दहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *