April 30, 2026

माईखोला पुल नजिकै पिकअप दुर्घटना २५ जना घाइते

0

इलाम ।

माई–१ पाल्टार माईखोलाको पुलको गोलाईमा पिक अप पल्टिदा २५ जना घाईते भएका छन्।

दुघर्टनामा घाईतेहरुलाई माई अस्पतालमा उपचार पश्चात थप उपचारका लागि २५ जना घाईते मध्ये २४ जनालाई थप उपचारका लागि वि एण्ड सी अस्पताल विर्तामोड लगिएको छ।

विरामी लाई दुई वटा एम्बुलेन्स, माई नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको गाडी र अन्य तीन वटा गाडी सहित ८ वटा गाडीमा पठाईएको बताईएको छ ।

महमाईबाट दानाबारीतर्फ नेपाल मगर संगको एक कार्यक्रम आउदै गरेका सहभागी लिएर आएको प्रदेश १–०२–००२च ४१९२ नम्बरको पिकअप सडक गोलाईमा पल्टिँदा २५ जना घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको हाम्रा सहकर्मी विमल दहालले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *