September 18, 2026

लीला अनमोलको ‘अन्तिम कुमारी रात’ को बिर्तामोडमा लोकार्पण

0

बिर्तामोड । झापाकी चेली कवि तथा साहित्यकार लीला अनमोलको कविता संग्रह ‘अन्तिम कुमारी रात’ को बिर्तामोडमा लोकार्पण गरिएको छ । केहीदिन अघि काठमाडौंमा बिमोचन गरिएको अनमोलको कविता संग्रह ‘अन्तिम कुमारी रात’ को गृह जिल्ला झापामा आज शनिवार लोकार्पण गरिएको हो ।

अनमोलको कविता संग्रहको लोकार्पण कवि तथा साहित्यकार साथै कार्यक्रमका प्रमुख अतिथि मनु मञ्जिलले गरेका हुन् । अनमोलको कवितामा धेरै चुनौतिहरु रहेको समिक्षक  टीका आत्रेयले टिप्पणी गरिन् । कविता लेखनको क्रममा उनको सहास र आँटको आत्रेयले खुलेरै प्रशंसा गरिन् ।

अर्का समिक्षक प्राज्ञ मुनाराज शेर्माले उपत्यका बाहिरका कविहरुका कविता तमसुक हुने गरेको केन्द्रको आरोप रहेको बतााउँदै अनमोलको कविता समय सापेक्ष एक दमै उत्कृष्ट भएको बताए ।नेपाल लेखक संघ झापाको आयोजना तथा किरात मुन्धुम प्रतिष्ठान दमकको सह–आयोजनामा आयोजित कार्यक्रममा अन्तिम कुमारी रात नामक कविता संग्रहको समिक्षा प्राज्ञ आत्रेय र शेर्माले गरेका थिए । लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम समिक्षाको सहजिकरण साङसेन पन्धाकले गरेका थिए ।

स्वागत कवि तथा साहित्यकार केशव आर्चायले गरेको कार्यक्रमको सञ्चालन विवश बलिभद्र कोइरालाले गरेका थिए । लोकापर्ण समारोहमा झापासहित देशभरका कवि तथा साहित्यकारको सहभागिता रहेको थियो । कार्यक्रममा बिभन्नि श्रष्टाहरुले कविता र गजलसमेत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *