September 17, 2026

रुगम कुँवर,

प्रिय पका,
३५ वर्ष पछि तिम्रो पुनर्जन्म हुदा
आज सारा देश
खुशीको आँशुमा चुर्लुम्म डुवेको छ ।
तिम्रो पुनर्आगमनमा
सारथी बन्ने
विधा चापागाईहरु
स्याबाशीका पात्र भएका छन् ।
तिम्रो परिवार गरीव हुनु
दोष कसको हो
त्यो त म भन्न सक्दिन
हुने खानेहरु
सुख र संवृद्दीको निम्ति
खान र लाउनका निम्ति
पहाड छोड्छन् र तराई झर्छन्
तर तिम्रो सारा परिवार
तराई छोडेर
पहाड लागेको कथा
पहिलो पल्ट देख्दैछु
यो समेत अर्को ब्यथा हो ।
साच्चै पका
कति कथाहरु हुन् तिम्रा ?
हराएका वर्षहरुमात्र हुन् र ?
दश वर्षको उम्मेरमै
गलैचा बुन्छु
पैसा कमाउँछु
परिवार पाल्छु
भविश्य बनाउँछु
र घरको छानो हाल्छु भन्दै
सपनाको खोजीमा
आफै समेत हराउँछु भन्ने लागेको थियो र तिमीलाई ?
लौ भन त पका
वितेका पैतिस वर्षमा के के हराएनौ ?
सबैभन्दा पहिले आफै हरायौ
सपनामा देखि रहने आमा हरायौ
छोराको जीवनको कामना गर्ने बाबा हरायौ
रातदिन साथ नछोड्ने रिठ्ठे हरायौ
कहिल्यै नछुट्टिने साईली हरायौ
तिनकठ्ठे हरायौ
वर पिपल हरायौ
चिहानघारी हरायौ
माछा पोखरी हरायौ
सबैभन्दा ठूलो त
लाउँलाउँ खाउँखाँउ भन्ने सिङ्गो जीन्दगी हरायौ ।


अब सम्झ पका,
आज पैतिस वर्ष पश्चात
बिधा चापागाई साक्षात देवी बनेर
तिम्रो पुनर्जन्म गराएकी छन्
तिम्रा हराएका सबैसँग
मिलन गराई दिएकी छन् ।
तिमी फर्क्यौ भनेर सारा देश दुनियाँ
खुशी भएको छ ।
र त देशकै मूलीबाट भेट्ने वाचा भएको छ
नागरिकता दिने आदेश भएको छ
संभवत नागरिकतामात्र हैन
आफ्नो परिचय सँगै
हराएका सबै सहित
धेरै थोक पाउने छौ
आश्रय दिने र घर ल्याईदिने
कसैलाई नविर्सिनु
सबै सम्हालेर राख्नु
नयाँ जीन्दगीको हार्दिक शुभकामना !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *