September 17, 2026

नेकपा एमाले अर्जुनधारा–११ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न

0

अर्जुनधारा ।

नेकपा एमाले पार्टी अर्जुनधारा–११ नं. वडा कमिटीको दोस्रो वडा अधिवेशन शनिबार सम्पन्न भएको छ ।

स्थानीय देउनीयास्थित जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान सामुदायिक भवनको सभाहलमा कमिटीका कार्यवाहक अध्यक्ष राजन बिमलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य रविन कोइरालाले उद्घाटन गरेका थिए ।

त्यसैगरी कार्यक्रममा वडामा रहेका ८० वर्ष भन्दा माथि उमेर समूहका २१ जना ज्येष्ठ नागरिकलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको कमिटीका निवर्तमान अध्यक्ष बोलप्रसाद कोइरालाले जानकारी दिए ।

सोही कार्यक्रममा नेपाली काँग्रेस पार्टी परित्याग गरि एमाले पार्टीमा प्रवेश गरेकी स्थानीय सीता राईलाई प्रमुख अतिथि कोइरालाले दोसल्ला ओढाई स्वागत गरेका थिए । कार्यक्रममा पार्टी केन्द्रीय सल्लाहकार कमिटीका सदस्य एवम् कोशी प्रदेश सभा सदस्य तिलचन पाठक, प्रदेश कमिटीका सदस्य सुमन नेम्वाङ, अर्जुनधारा नगर कमिटीका अध्यक्ष वृख प्रधान, नेपाली काँग्रेस वडाका सभापति जगत राना मगर, नेकपा माओवादी केन्द्र वडाका अध्यक्ष पुरुषोत्तम भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पार्टी नगर कमिटीका उपाध्यक्ष रमेशकुमार दर्जीले पार्टी सम्बन्धी समासामयिक गीत प्रस्तुत गरेको कार्यक्रममा अधिवेशन प्रतिनिधि सुशिला गिरीले स्वागत गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन कमिटीका सचिव पूर्णबहादुर राईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *