September 18, 2026

शहीद धर्मभक्तका शिक्षकले बाँधे कालोपट्टी

0

उमानाथ भण्डारी
कमल,

झापाको कमल गाउँपालिकाको एक विद्यालयका शिक्षकले शुक्रवार हातमा कालोपट्टी बाँधेर पठनपाठन गरेका छन् ।
कमल गाउँपालिका –३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर विगत १५ दिनदेखि विद्यालयमा पठनपाठन अवरोध भएकोले त्यसलाई बन्द गरिनुपर्ने भन्दै हातमा कालोपट्टी बाँधेर पठनपाठन गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिले नियुक्त गरेको प्रधानाध्यापक शिवप्रसाद भट्टराईलाई विभिन्न लाञ्छना लगाउने, अप्रमाणित आरोप लगाएर नैतिक पतन गराउने, कक्षा सञ्चालनमा अवरोध गर्ने, विद्यार्थीलाई जबर्जस्ती कक्षा कोठाबाट निकालेर प्रहरी चौकी पु¥याएर प्रधानाध्यापकको विरुद्धमा बयान गराउने जस्ता कार्य भएकोले त्यस्तो कार्य बन्द गर्नका लागि साङ्केतिक रुपमा हातमा कालोपट्टी बाँधेर नियमित पठनपाठन गरेको विद्यालयका निमित्त प्रधानाध्यापक प्रभाकर काफ्लेले बताए ।

२०८१ साल साउन २९ गते कमल गाउँपालिकाले प्रधानाध्यापकमा नवराज नेम्वाङलाई नियुक्त गर्नु भनी विद्यालय व्यवस्थापन समितिलाई अनुरोध गरेको पत्र विपरीत विद्यालय व्यवस्थापन समितिले शिवप्रसाद भट्टराईलाई नियुक्ति गरेको विषयलाई लिएर विरोध गरेको संयुक्त संघर्ष समितिका संयोजक दुरेन नेम्वाङ्ले बताए ।

शिक्षा ऐन २०२८ को संशोधनसहित परिच्छेद १७ को दफा ९३ (२) मा व्यवस्था भए अनुसार कार्यरत् स्थायी शिक्षक मध्येबाट १० वर्ष सेवा अवधि पूरा गरेका ज्येष्ठ शिक्षक मात्र प्रधानाध्यापक हुन पाउने प्रावधान छ । त्यस अनुसार विद्यालय व्यवस्थापन समितिले गत २०८१ साल साउन ३० गते स्थायी शिक्षकहरू मध्ये ज्येष्ठ शिक्षक विद्यालयको प्रशासनिक प्रमुख नियुक्त गर्ने विद्यालय शिक्षा ऐन तथा नियमावलीको प्रावधान अनुसार विद्यालय व्यवस्थापन समितिले आफ्नो अधिकार प्रयोग गरी भट्टराईलाई नियुक्ति गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडाले दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *