September 18, 2026

बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरले सातौं वार्षिकोत्सव मनायो

0

बिर्तामोड ।

झापाको बिर्तामोडमा अवस्थित बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरले आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ।

२०७४ भदौ १४ गते स्थापना भएको सो सेन्टरले हाडजोर्नी नशा प्यारालाइसीस,मुख वाङ्गिएको, नशा च्यापिएको, बाथ, युरिक एसिड, पाइल्स, ग्यास्ट्रीक, पिनास, दम, जन्डिस, मृगौलाको पत्थरी, प्रोस्टेट लगायत समस्याको डा.भगवान शाह र डा.राजकुमार शाहद्वारा निस्शुल्क चेकजाँच तथा उपचार गरिएको थियो।

शिविरमा ३० जना विरामीको स्वास्थ्य चेकजाँच गरिएको सस्थाका सदस्य कमल रिजालले बताए। खानपान र ब्यस्त जीवन शैलिका कारण लाग्ने नसर्ने रोगहरुको उपचार हुने सेन्टरमा खास गरि पाइल्स,नशा,प्यारालाइसिस,माइग्रेन जस्ता समस्याहरु धेरै भेटिएको आयुर्वेद डा .राजकुमार शाहले बताए ।

सोही दिन परोपकार केन्द्र(वृद्धा आश्रम)लाई छ हजार पाँच सय ५५ रुपैंया सहयोग गरेको सेन्टरका अध्यक्ष नर्वदा भट्टराईले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *