September 19, 2026

अनौठो यन्त्र नेपाली भूमिमा भारतले खसालेपछि झापावासी त्रसिद

0

झापा, अनौठो यन्त्र नेपाली भूमिमा भारतले खसालेपछि झापावासी त्रसिद भएका छन् । ट्रान्समिटर जस्तो भएको र एन्टिना समेत रहेको यन्त्रमा weather लेखिएको छ । त्योसंगै हातले I.M.D.– JALPAIGURI 20.08.2024 र 98323.69991लेखिएको बस्तु झरेसंगै स्थानीय त्रसिद बनेका हुन् । भाररतले बेलुनमा राखेर उडाएको अनौठो यन्त्र बाह्रदशी– ५ नवकिरण टोल बस्ने बलबहादुर बेघाको घर पछाडि नरिवलको बोटमा झरेको थियो । ठूलो आवाजका साथ बेलुन पड्किएर त्यसभित्रको यन्त्र झर्दा स्थानीयहरु त्रसित भएका छन् । केही दिनअघि शिवसताक्षीको झिलझिलेमा पनि त्यस किसिमको यन्त्र झरेको थियो ।

हिजो बिहान ९.३० बजेतिर ठूलो आवाजका साथ अनौठो वस्तु झरेको स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली पुगेर हेर्दा थाहा नभएको यन्त्र भेटिएको फूलवारी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्रवण चौधरीले बताए । उनले ठूलो आवाजका साथ झरेपनि ठूलो क्षति नभएको जानकारी दिए । त्यस यन्त्रलाई आफूहरुले आज जिल्ला प्रहरी कार्यालयमा बुझाएको चौधरीले बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले यसअघि आफूले त्यस किसिमको यन्त्र नदेखेको बताए । मौसम नाप्ने यन्त्रजस्तो लागेपनि के हो र किन नेपाली भूमिमा खसालेको भनेर अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए । ‘ सीमावर्ती भारतको जलपाईगुडीबाट यसलाई उडाएको हुनसक्छ ’ उनले भने, ‘ त्यस यन्त्रका बारेमा अनुसन्धान गर्न मौसमविदलाई खबर गरेका छौं । ’ केही दिनअघि शिवसताक्षीको झिलझिलेमा पनि सोही यन्त्र झरेको उनले जानकारी दिए ।

हावापानी परिवर्तन नाप्नका लागि सो यन्त्रलाई आकाशमा छोडिएको र हावाले उडाएर नेपाली भूमिमा ल्याएको हुनसक्ने भारतीय सीमा सुरक्षा वल एसएसबीका एक अधिकारीले बताए । मौसम विभागले त्यसलाई उडाएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *