September 18, 2026

सर्‍यो प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको मिति

0

भद्रपुर । यही भदौ २९ गतेदेखि ३१ गतेसम्म झापाको भद्रपुरमा हुने भनिएको कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको मिति परिवर्तन भएको छ ।

आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगिता एक दिनअघि भदौ २८ गतेदेखि ३० गतेसम्म भद्रपुरको मेची रंगशालामा रहेको कभर्ड हलमा हुनेछ
प्रतियोगिता दुई इभेन्टमा सञ्चालन हुने संघका अध्यक्ष ढकालले बताए । प्रतियोगिता पुरुष डबल्स र भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालका उत्कृष्ट १६ र्‍यांकिङ खेलाडीले भने भाग लिन पाउने छैनन् । भेट्रान्स विधामा भने ४५ वर्ष उमेरमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगिताका खुलातर्फका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने संघका अध्यक्ष ढकालले जानकारी दिए । त्यस्तै, दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद १०–१० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

भेट्रान्सतर्फका विजेताले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद १०–१० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।

पहिलोपटक हुन लागेको प्रतियोगितालाई सलोनी टि कपले प्रायोजन गरेको अध्यक्ष ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *