September 19, 2026

वाईसीएल भ्रष्टाचारबिरुद्ध दृढतापूर्वक उभिने– केन्द्रीय सदस्य तामाङ

0

अर्जुनधारा ।

वर्तमान सरकारले भ्रष्टचारबिरुद्ध कदम नचाल्ने हो भने वाईसीएल भ्रष्टाचारबिरुद्ध दृढतापूर्वक उभिने ने.क.पा. माओवादी (केन्द्र) पार्टीका केन्द्रीय सदस्य रञ्जित तामाङले बताएका छन् ।

योङ कम्युनिष्ट लिग(वाईसीएल) अर्जुनधाराको बुधबार सम्पन्न दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले वाईसीएलले भ्रष्टाचारबिरुद्ध अभियान सञ्चालन गरि भ्रष्टचारीहरुलाई लखेट्ने, कालोमोसो दल्नेलगायतका कार्यहरु गर्ने दावी गरेका छन् ।

कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य हरिकुमार राना, वाईसीएल नेपालका केन्द्रीय सचिव डम्बर पुलामी मगर, वाईसीएल कोशी प्रदेश संयोजक कुमार आचार्य, अखिल नेपाल महिला संघ(क्रान्तिकारी) झापाकी अध्यक्ष तारा श्रेष्ठ, पार्टी अर्जुनधाराका अध्यक्ष नरकुमार तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नगर कमिटीका अध्यक्ष विपीन चौहानको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष हिमाल विष्टले र उक्त कार्यक्रमको सञ्चालन सचिव समिर लिम्बूले गरेका थिए ।

सोही सम्मेलनले आगामी तीन वर्षे कार्यकालको लागि अर्जुन लिम्बूको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको बताइएको छ । कमिटीको उपाध्यक्षद्वयमा पृथ्वी लिम्बू र मोहन वि.क., सचिवमा दीपक गहतराज, सहसचिवमा कमल अधिकारी र कोषाध्यक्षमा श्रेया लावती चयन भएका छन् ।

सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका ५१ जनाले पार्टी प्रवेश गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *