September 19, 2026

बलात्कारमा संलग्नलाई कारबाहीको माग गर्दै अखिल समाजवादीको दबाब प्रर्दशन

0

बिर्तामोड ।

झापाको अर्जुनधारामा १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ विरुद्धको अनुसन्धानलाई तिब्र बनाउन विप्लव माओवादी निकट विद्यार्थी संगठनले दबाब दिएको छ ।

अर्जुनधारा ५ निवासी किशोरीलाई ६ जना युवाले सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अर्जुनधाराकै एक होटेलमा पु¥याएर गत शुक्रबार सामूहिक बलात्कार गरेका थिए ।

बलात्कार भएको पाँचदिन वितिसक्दा पनि दोषी उपर कारवाही गर्न ढिलासुस्ती भएको भन्दै पीडितको पक्षमा विप्लव निकट अखिल (समाजवादी), झापा ले शनिश्चरे बजारमा व्यापक प्रदर्शन गरेको छ।

महिला हिंसा बढेपछि संगठनले विरोध प्रदर्शन गरेको हो। हिंसाको शिकार सधै विद्यार्थी हुने गरेको कारण महिला विद्यार्थीलाई अन्याय हुँदा विद्यार्थी संगठनहरू चुप लागेर बस्न नसक्ने र कुनै पनि आवरणमा दोषीलाई उन्मुक्ति दिन खोजे न्यायको निमित्त आफूहरु कठोर संघर्षमा उत्रन सक्ने संगठनका झापा इञ्चार्ज विनोद सी ले बताए।

कार्यक्रममा बोल्दै संगठनका झापा अध्यक्ष डिपी सी, संगठनका महिला नेतृ अंकिता सी र पार्टीका प्रदेश सदस्य अर्जुन सी सहितले तत्काल कारवाही गर्न माग गरेका छन् । उनीहरुले बलात्कारी लाई कार्वाही गर, महिला हिंसा अन्त्य गर, महिला जाग्ने बेला भयो, अन्यायको विरुद्ध सबै जुटौं लगायतका प्लेकार्ड बोकेर प्रर्दशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *