September 19, 2026

फोनिजको स्थापना दिवस झापामा मनाइयो

0

बिर्तामोड ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले २५ औं (रजत बर्ष) स्थापना दिवस मनाएको छ ।

फोनिज झापाले बिर्तामोडमा आइतवार झापाली पत्रकारितामा आदिवासी जनजाति पत्रकारहरुको अवस्था र पहुँच बिषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान गरेर २५ औं स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बिभिन्न पत्रकारका संगठनका प्रमुखहरुले ब्यवहारिक समवेशिता पत्रकारितामा जोड दिएका थिए । फोनिज झापाकी अध्यक्ष भूमिका फियाक लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा फोनिज झापाका संस्थापक अध्यक्ष दिपीन राईले प्रस्तुत गरेको संगठनको कार्यपत्रको टिप्पणी नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटाले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि देवान, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, पत्रकार सुव्रत न्यौपाने, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, प्रेस युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, पत्रकार महासंघ झापाका सचिव डिकेश लामा, प्रेस सेन्टर झापाका सचिव पुष्प खड्का, दलित पत्रकार संघ झापाका उपाध्यक्ष प्रदीप परियार, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, नेपाल खेलकूद पत्रकार मञ्च तथा फोटो पत्रकार संघ झापाका अध्यक्ष इन्द्रजीत मुखिया, फोनिजकी संघीय सदस्य सुजता लिम्बू, समाजवादी प्रेस संगठनका झापा अध्यक्ष शम्भुजित दाहाललगायतका वक्ताहरुले समावेशी पत्रकारितालाई जोड दिनु पर्ने धारणा राखेका थिए ।

स्वागत तथा कार्यक्रमको औचित्यमाथि फोनिज झापाकी अध्यक्ष भूमिकाले प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव तिलक योन्जनले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *