September 18, 2026

अर्जुनधारामा राष्ट्रिय युवा संघको वृक्षरोपण अभियान निरन्तर

0

अर्जुनधारा ।

राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीले गत साउन ५ देखि शुरु गरेको वृक्षरोपण अभियानलाई निरन्तरता दिएको छ ।

अर्जुनधारा–१स्थित निर्माणाधीन शहीद टेक–मान रंगशालाको परिसरबाट शुरु भएको उक्त अभियान अन्र्तगत अर्जुनधारा–२ स्थित टाङटिङ नदी किनार क्षेत्र, अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह अन्र्तगतको कैदले पर्यापर्यटन क्षेत्रमा विभिन्न प्रजातीका बिरुवा रोपिएको कमिटीका उपाध्यक्ष सुशील भूजेलले जानकारी दिए ।

यसैबीच कमिटीले आइतबार अर्जुनधारा–४ भाङबारीस्थित विन्ध्यावासिनी सिंहदेवी मन्दिर परिसर र रातेखालस्थित सिंहवाहिनी भद्रकाली शक्तिपीठ मन्दिर परिसरमा वृक्षरोपण गरेको थियो । कमिटीका अध्यक्ष धीरज मोक्तानको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि संघका केन्द्रीय सदस्य एवम् झापाका इञ्चार्ज खगेन्द्रराज आङदेम्बेले उद्घाटन गरेका थिए ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य कौशिलाल परियार, नगर सभा सदस्य अमृतबहादुर बुढाथोकी, संघका क्षेत्रीय इञ्चार्ज सुजन थापा मगर, बिर्तामोडका इञ्चार्ज विसन लिम्बू, अध्यक्ष रोहीत ओली, युवा नेता तारा खतिवडा, विन्ध्यावासिनी सिंहदेवी मन्दिर व्यवस्थापन समितिका सचिव एकदेव खनाललगायतको सहभागिता रहेको थियो ।

कमिटीका उपाध्यक्ष भूजेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन उपसचिव युकेश फुँयेलले गरेका थिए । जलवायु परिवर्तनका असरहरुलाई न्यूनिकरण गर्ने उद्देश्यले “एक युवा पाँच बिरुवा” भन्ने मुख्य नारासहित सञ्चालन भएको अभियान अन्र्तगत अमला, खयर, मसला, कटहरलगायतका सात सय बढी बिरुवा रोपीएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *