September 18, 2026

स्काइ टावरको उद्घाटनमा इलाका प्रहरी कार्यालय भेडेटारलाई सम्मान

0

धनकुटा ।

धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याउन प्रशासनीक क्षेत्रबाट महत्वपूर्ण सहयोग गरेको भन्दै इलाका प्रहरी कार्यालय भेडेटारलाई सम्मान गरिएको छ ।

पर्यटकीय नगरीको रुपमा परिचित भेडेटारको नेतृत्व सम्हाले लगत्तै इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायव निरीक्षक जीवन कुमार कार्कीले स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघ–संस्था, होटल ब्यवसायी, राजनीतिक दल तथा स्थानीयसंग समन्व्य गर्दै शान्ति सुरक्षाका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

हरेक क्षेत्रमा महत्वपूर्ण साथ र सहयोग प्राप्त भएको भन्दै बन्डर्स अम्युजमेन्ट पार्कस् एण्ड अल्ट्राक्सन्स प्रालिले निर्माणले प्रहरी नायव निरीक्षक कार्कीलाई सम्मान गरेको हो ।

उनका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्मान गरेका हुन् । उक्त टावरको कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्की, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ र साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

धनरान र धनकुटाको सिमानामा अवस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ६ मा ११ रोपनी वन क्षेत्रफलमा रु २० कारोड लगानीमा टावर निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जिव रोकाहाले जानकारी दिए ।

आगामी दिनमा यस टावरमा बञ्जी जम्प, जीपलाइन र फ्रिफल जस्ता साहसिक खेल सञ्चालनमा ल्याइने कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *