September 19, 2026

जगमा ज्योति जगायौ तिमीले जगमा ज्योति जगायौ ।
मोतीरामको साथ लिएर अमर ज्योति जलायौ ।।
रामायणको भित्र पसेर गीत तिमीले गायौ ।
तनहूं जिल्ला वेशी चुंदिमा रम्घा नगरी रंगायौ ।।
माता पिताको प्रिय पुत्र भै कर्तव्यनिष्ठ कहायौ ।
सुन्दरकाण्डको पाठ पढाई भक्तिमार्ग देखायौ ।।
आदिकविको पदवि लिएर उन्तिस असार बनायौ ।
धन्य–धन्य तिमी आचार्य कुलमा भानु नाम धरायौ,
भानु नाम धरायौ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *