September 29, 2026

सूर्यज्योति इको क्लबद्वारा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत

0

अर्जुनधारा । 

झापाको अर्जुनधारा–४ स्थित सूर्यज्योति अङग्रेजी आवासिय माध्यमिक विद्यालयले शुक्रबार एक कार्यक्रमकोबिच नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

विद्यालय अन्र्तगत रहेको सूर्यज्योति इको क्लबको आयोजनामा आयोजित स्वागत कार्यक्रम–२०८१मार्फत् उनीहरुलाई स्वागत गरिएको हो ।

विद्यालयको प्राङ्गणमा क्लबका अध्यक्ष विराज हुमागाईंको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नव युवा क्लबका अध्यक्ष देवेन्द्र मैनालीले उद्घाटन गरेका थिए ।

नव आगन्तुक विद्यार्थीहरुको स्वागतमा रायम्स, गीत, नृत्य, कविता, नाटक मञ्चन तथा कक्षा–१, २ र ३ का विद्यार्थीहरुले सांस्कृतिक पोशाकको प्रदर्शनी गरेका थिए । सोही कार्यक्रममा अक्षय तृतीयाको अवसरमा सहभागीहरुलाई सर्वत पानी पनि वितरण गरिएको प्रधानाध्यापक गणेश बुढाथोकीले जानकारी दिए ।

क्लबकी सदस्य अनुपा बस्नेतले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा स्वागत अर्का सदस्य स्वीकृति भट्टराईले गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन क्लबका सदस्यद्वय अंकिता बस्नेत र क्षितीज गौतमले संयुक्तरुपमा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *