September 24, 2026

झापामा ६३.२४ प्रतिशत नागरिकले गरे हात्तीपाइले रोग विरुद्धको औषधि सेवन

0

कमल ।

झापामा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियानको ९ औं दिनसम्म आइपुग्दा ६३ दशमलव २४ प्रतिशत नागरिकले औषधी सेवन गरेका छन् ।

यसरी जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गराउने पालिकाहरूमा बिर्तामोड नगरपालिकाले सबै भन्दा अगाडि रहेको छ । बिर्तामोडले ९१ दशमलव ७६ प्रतिशत औषधी सेवन गराउन सफल भएको छ ।

त्यस्तै कन्काई नगरपालिकाले ८० दशमलव ७३ प्रतिशत औषधी सेवन गराएको छ भने बुद्धशान्ति गाउँपालिकाले ८० दशमलव ४७ प्रतिशत जनतालाई औषधी सेवन गराएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बराकोटीले बताए ।

त्यस्तै कमल गाउँपालिकाले ४७ प्रतिशत, अर्जुनधारा नगरपालिकाले ६९ दशमलव ४६ प्रतिशत, मेचीनगर नगरपालिकाले ६१ दशमलव ७९ प्रतिशत शिवसतासी नगरपालिकाले ५८ दशमलव ६० प्रतिशत दमक नगरपालिकाले ६२ दशमलव ५१ प्रतिशत,गौरादह नगरपालिका ३६ दशमलव ५३ प्रतिशत,झापा गाउँपालिका ६० दशमलव ३३ प्रतिशत,बाह्दशी गाउँपालिका ५८ दशमलव ४३ प्रतिशत, हल्दिवारी गाउँपालिका ५६ दशमलव ४८ प्रतिशत,भद्रपुर नगरपालिका ३३ दशमलव ९४ प्रतिशत र कचनकवल गाउँपालिका ६८ दशमलव ९३ प्रतिशत नागरिकलाई औषधी सेवन गराउन सफल भएको प्रमुख बराकोटीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *