September 24, 2026

सक्सेस पाथ एजुकेशन कन्सलट्यान्सीले सेवा अब बिर्तामोडमा

0

बिर्तामोड ।

विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै झापाको बिर्तामोडमा नयाँ कन्सलट्यान्सीले सेवा प्रारम्भ गरेको छ ।

बिर्तामोडस्थित चम्लागाई कम्प्लेक्समा सक्सेस पाथ एजुकेशन कन्सलट्यान्सीले सेवा प्रारम्भ गरेको हो । २०७३ सालदेखि काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय सञ्चालन गर्दै आएको कन्सलट्यान्सीले युरोप लगायतका देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई सहजताका साथ सेवा प्रदान गर्ने उद्देश्यले बिर्तामोडमा शाखा सञ्चालन गरेको कन्सलट्यान्सीकी सञ्चालक दीया भण्डारीले जानकारी दिइन् ।

विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई पठाइने देशको रहन सहन, त्यहाँको वातावरण साथै भाषा लगायतका बिषयमा जानकारी दिन कन्सल्ट्यान्सीको शाखा बिस्तार गरिएको शाखा प्रवन्ध निर्देशक हेमन्त पाण्डेले बताए । शाखाबाट विद्यार्थी मात्र नभएर अभिभावकलाई समेत त्यस विषयमा जानकारी गराउने बताइएको छ ।

कन्सलट्यान्सीबाट अस्टे«लिया, अमेरिका, जापान, युके, दक्षिण कोरिया, फ्रान्स, न्यूज्यल्याण्ड लगायतका देशमा अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिएर पठाइने अस्विन देउजाले जानकारी दिए ।

कन्सलट्यान्सीको प्रधान कार्यालयका सहायक कार्यकारी अधिकृत दिनेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा एमिटी एजुशेन फाउण्डेशनका प्रिन्सिपल आरएस ढकालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले धेरै विद्यार्थीहरु नबुझी विदेश जाने गरेकाले समस्या हुने गरेको बताए । धेरै कन्सल्ट्यान्सीले पैसा कमाउने नाममा विद्यार्थीलाई रणभुल्लमा राख्ने गरेकाले विद्यार्थीलाई विदेश पठाउनु पूर्व सबै जानकारी दिनुपर्ने ढकालको भनाइ छ ।

शाखाका सिनियर काउन्सिलर सिर्जन अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखा प्रबन्ध निर्देशक पाण्डेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *