September 20, 2026

झापा।

झापाको झापा गाउँपालिका–५ बाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी गस्ती टोलीले शंका लागेर चेक जाँचको क्रममा मे १० प ५६४२ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल आउँदै गरेका बाह्रदर्शी गाउँपालिका–४ का जफिर आलमको साथबाट १६ ग्राम ब्राउन सुगर र नगद ११ हजार रुपैँया बरामद गरेको हो ।

प्रतिवन्धित ब्राउन सुगरसहित पक्राउ परेका आलमको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *