September 19, 2026

इलाममा सर्वदलीय बैठक बस्दै, आजै बिहानबाट मतगणना शुरु हुँदै

0

इलाम ।

इलाम क्षेत्र नं.२ मा आज बिहान ७ बजेपछि मात्र मतगणना शुरु हुने भएको छ।

मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइपुर्‍याउन समय लागेकाले आइतबार बिहान मात्रै मतगणना शुरु गर्न लागिएको हो।​

सर्वदलीय बैठक गरेर गणना शुरू गर्ने तयारी छ। इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्रमा मतगणना गरिनेछ। मतदान केन्द्रबाट त्यहाँ मतपेटिका ल्याइएको छ।

इलामका ७९ मतदान स्थलका १४९ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइपुर्‍याउन समय लागेकाले आइतबार बिहान मात्रै मतगणना शुरु गर्न लागिएको हो।​

उपनिर्वाचनअन्तर्गत इलाम–२ मा शनिबार मतदान भएको थियो। यहाँ करिब ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। एमालेका उपाध्यक्ष सुवास नेम्वाङको मृत्यु भएपछि उपनिर्वाचन भएको हो। यहाँ १९ उमेदवार चुनावी मैदानमा छन्।

३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र अन्य दुईले मतदान गरेका छन् । सो क्षेत्रमा ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई अन्यसहित एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए ।

विसं २०७९ मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *