September 20, 2026

प्लाष्टिक झोलाको विकल्प खोज्दै महिला उद्यमी

0

झापा ।

श्रमप्रति अभिरुची जगाउँदै युवालाई उद्यमी बनाउने उद्देश्यले बिर्तामोड नगर क्षेत्रका युवालाई झोला बनाउने तालिम प्रदान गरिएको छ ।

महिला उद्यमी संघ नेपाल झापाको आयोजनामा युवालाई रेग्जिन कपडाको झोला बनाउने तालिम प्रदान गरिएको हो ।

तालिम बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा गत चैत २९ गतेबाट शुरु भएको हो । तालिममा नगरका १० जना महिलाले झोला बनाउन सिकेका थिए । रेग्जिन कपडाको झोला बनाउन सिप सिक्ने सबै दक्ष बनेको महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष सुष्मा भण्डारी पौडेलले दावी गरिन् ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रादेवी महतरा प्रसाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहभागीले प्लाष्टिक झोलालाई विस्थापित गर्दै आफ्नै उत्पादनलाई प्रयोग गर्नसके बेरोजगारको समस्या समेत हल हुँदै जाने बताइन् ।

कार्यक्रमकी प्रमुख अतिथि प्रसाईले सिप सिक्ने सबैलाई आफूले सिकेको सिप व्यवहारमा उतार्न आग्रह गरिन् । उद्यम गर्न चाहने युवालाई नगरले सहयोग गर्ने बताउँदै नगर प्रमुख प्रसाईले आफूले उत्पादन गरेको सामग्री बजारीकरणमा समस्या देखिए सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

संस्थाकी निर्बतमान अध्यक्ष नैनकला भट्टराईले स्वागत गरेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, मेची उद्योग वाणिज्य संघकी उपाध्यक्ष निर्मला चौहान, वान नेपालका अध्यक्ष मीरा काफ्ले, पाथीभरा टोलसुधार संस्थाका अध्यक्ष तेजप्रकाश शिवाकोटी,नेपाल प्रेस युनियनका केशी प्रदेश महासचिव ज्ञानेन्द्र निरौला, संचारिका समूहकी अध्यक्ष लीला अनमोल लगायतले बोलेका थिए ।

महिला उद्यमी संघ नेपाल झापाकी वरिष्ठ उपाध्यक्ष शर्मिला अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव यमुना तिवारी चिमरियाले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *