September 22, 2026

सुनको मूल्य प्रतितोला रु दुई हजार दुई सयले घट्यो

0

काठमाडौँ,

स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार आठ सय कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार एक सय ५० कायम भएको छ ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु ५० ले घटेर रु एक हजार सात सय कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *