September 20, 2026

मोटरसाइकल दुर्घटनामा लिम्बूको मृत्यु

0

झापा  । सवारी दुर्घटनामा परी झापामा भएक व्यक्तिको मृत्यु भएको छ ।
कमल गाउँपालिका ३ सानो केर्खास्थित पूर्व – पश्चिम राजमार्गमा दमकबाट बिर्तामोड तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा अर्जुनधारा नगरपालिका ४ निवासी पिरती भनिने विष्णु लिम्बूको मृत्यु भएको हो ।
लिम्बूले चलाएको बा ६४ प १४०० नम्वरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको थियो । दुर्घटनामा परी घाइते बनेका २७ वर्षीय लिम्बूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने सोही मोटरसाइकलमा सवार १५ वर्षीय विपुल नेपाल घइते भएकाले उनको विएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *