September 19, 2026

माईजोगमाईको माध्यमिक बिद्यालयहरूमा जडान भयो ई हाजिरी

0

इलाम, माईजोगमाई गाउपालिकाले पालिकालाई पूर्ण रूपमा प्रविधि मैत्री बनाउन थप कामहरू गरिरहेको छ । गाउँपालिकाले केही दिनदेखि पालिकाभित्र रहेका माध्यमिक बिद्यालयहरूमा विद्युतीय हाजिरी जडान कार्य गरेको छ ।

साथै स्वस्थ्य संस्थाहरूमा अनलाईन बिलिङ प्रणाली संचालनमा ल्याएको छ भने ल्याव , फार्मेसी तथा बिमाको काम समेत मार्फत जडान भएको छ ।

पालिकाले ईलाम जिल्लामा नै पहिलो पटक स्थानिय संचित कोष ब्यवस्थापन प्रणाली सूत्र मार्फत राजश्व संकलन सुरू यश आर्थिक बर्षको सुरूबाटै गरेको थियो भने पालिका र सबै स्वस्थ्य संस्थाहरू तथा वडामा बिद्युतिय हाजिरि र वडा तथा पालिकाबाट दिईने सिफारिसहरूलाई अनलाईनको माध्यमबाट दिईदै आएको सुचना प्रविधि शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *