September 20, 2026

गणेशमान सिंह फाउण्डेशन कोशीको उपाध्यक्षमा वस्नेत

0

झापा । गणेशमान सिंह फाउण्डेशन कोशी प्रदेशको उपाध्यक्षमा विनोद वस्नेत चयन भएका छन् ।
झापा गोल्डकपका अध्यक्ष समेत रहेका बस्नेत फाउण्डेशनको उपाध्यक्षमा चयन भएका हुन् । विभिन्न सामाजिक संघ संस्थामा रहेर उत्कृष्ट कार्य गर्दै आएका बिर्तामोड निवासी बस्नेत सहित फाउण्डेशनको सदस्यमा झापाकै ज्ञानु थापा चयन भएका छन् ।
यता सल्लाहकार समितिमा समेत दुई जना झापालीलाई मनोनयन गरिएको छ । फाउण्डेशनको सल्लाहकार समितिमाा छविलाल खतिवडा र कुमारमणि पोखरेल मनोनित भएका हुन् ।
फाउण्डेशनको अध्यक्षमा भने श्याम प्रसाद पौडेल (मोरङ),उपाध्यक्षमा झापाका वस्नेत सहित नगेन्द्र दाहाल (मोरङ) र महिला उपाध्यक्षमा सरिता राई (उदयपुर) रहेका छन् । सुनसरीका शम्भू विश्वास सचिव र मोरङ निवासी सोमनाथ तिम्सिना महासचिवमा चयन भएका छन् ।
फाउण्डेशनको सदस्यहरुमा विष्णु बराल (सुनसरी), होमवहादुर कार्की (तेह्रथुम), निरकुमार शर्मा (सोलुखुम्बू),अविनाश भट्टराई (पाँचथर) मगल लिमङ्ग (ताप्लेजुङ), यमन राई (भोजपुर), ज्ञानु थापा (झापा), सुमना तिम्सिना (धनकुटा),भोजकुमार अधिकारी (सोलुखुम्बू) गजेन्द्र भगत (उदयपुर),राम ह्दय राय (राज) सुनसरी र कृष्णराज शाक्य संखुवासभा रहेका छन् ।
यता फाउण्डेशनको पाँच सदस्यीय सल्लाहकार समितिमा छविलाल खतिवडा (झापा), फुल कुमार लालवानी (मोरङ), विनोद नेपाल (सुनसरी),कुमारमणि पोखरेल (झापा) र बिरेन्द्र शाह सुनसरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *