September 18, 2026

शहीद प्रजापति स्मृति प्रतिष्ठानद्वारा आयोजित जनवादी गीति कार्यक्रमको तयारी पुरा

0

बिर्तामोड ।

शहीद प्रजापति स्मृति प्रतिष्ठान झापाको आयोजनामा हुने जनवादी गायक राजन राईको एकल सांगितीक प्रंस्तुती जनवादी गीति कार्यक्रमको तयारी पुरा भएको छ ।

शहीद प्रजापति स्मृति प्रतिष्ठानले फागुन २१ गते गोलधापमा आयोजना गर्न लागेको बृहत् जनवादी गीति कार्यक्रमको तयारी पुरा जनाएको हो । प्रतिष्ठानले शनिबार कार्यक्रमस्थलमा पत्रकार सम्मेलन गरेर तपारी पुरा भएको र १० हजार दर्शकले प्रत्यक्ष सहभागिता जनाउने अपेक्षा लिएको आयोजक समितिका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।

बामपन्थी पृष्ठभूमिका प्रजापति सापकोटालाई २०४३ सालको तिहारमा जनवादी देउसी भैलो खेल्ने क्रममा पञ्चायती व्यबस्थाका समर्थकले हत्या गरेका थिए । उनकै स्मृतिमा प्रतिष्ठान स्थापना गरेर जनवादी सांगीतिक आयोजना गरिएको हो ।

गणतन्त्र बिरोधी गतिविधि बढ्दै गएको समयमा यो व्यवस्था स्थापनाका लागि ज्यानको आहुति दिएका सापकोटाको योगदानलाई अझ व्यापक बनाउन कार्यक्रम आयोजना गरिएको उनले बताए । सोही समयमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको संस्थाका सहसचिव अनिल सापकोटाले जानकारी दिए ।

नेकपा एमालेका सचिव योगेश भटराईको प्रमुख आतिथ्यमा हुने कार्गक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङ, एकिकृत नेकपा समाजवादीका केन्द्रीय सदस्य पुष्प पोखरेल लगायतका बनमपन्थी नेताहरुको सहभागीता रहने बताइएको छ ।

कार्यक्रम सम्पन्न गर्न ६ लाख रुपैया खर्च हुने अनुमान गरिएको र निशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा स्वेच्छिक रुपमा आर्थिक सहयोग गर्न सकिने बताइएको छ ।

प्रतिष्ठानको नाममा हल्दिबारी १ गोलधाप निवासी स्व. डुकमाया ढकालबाट दुई कठ्ठा जग्गा प्राप्त भएको तथा विभिन्न दाता एवम् ऋण सापटी समेत गरेर थप दुई कठ्ठा जग्गा खरिद गरी कूल ०–०४–० कठ्ठा जग्गा रहेको प्रतिष्ठानले जनाएको छ । हाल प्रतिष्ठानको भौतिकरुपमा एक कोठाको भवन निर्माण भइ प्रयोग भइरहेको सह–सचिव सापकोटाले बताए ।

गायक राईले कान थापेर सनि देउ बहिनी, रितीथिती बिग्रेर गईसक्यो,शिरैमा मेरो शिरैको टोपी, काँधैमा गल्बन्दी, जोबन यसै ढल्कनै लाग्यो केही गरौ सँगिनी, ‘ तारा खस्यौली, माया रुदै बस्यौली, फूलै र फूल्यो दुई थुंगा लर्केर,‘ ए कोशी दोभान, ख्यालख्यालैमा गयो जोभान (देउमाई किनार), क्षितिजै पारी त्यो गाँउ मेरो डाँडैले छेकेको, प्रवासी जीवन विताउनु मैले दुष्टको खेलै हो,‘ हाँसखेल गर्दैमा छुट्टिने बेलै भो ख्यालख्यालैमा लगायतका जनवाादीहरु गाएका छन् ।

जनवादी गितका सर्जक राईसंगै स्थानीय कलाकारहरु अनिल सापकोटा, गोपाल योङहाङ, मेदनी शिवाकोटी, अम्बिका अधिकारीले पनि सांगीतिक प्रस्तुति राख्ने बताईएको छ । शनिबार नै कार्यक्रमको पूर्वसन्ध्यामा गोलधाप बजार सरसफाई गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *