September 18, 2026

नेपाल शिक्षक महासङ्घ कमल गाउँ समितिको अध्यक्षमा बगाले निर्वाचित

0

कमल ।

नेपाल शिक्षक महासङ्घ कमल गाउँ समितिको अध्यक्षमा मोहनकुमार बगाले सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

शुक्रवार कमल २ स्थित कमला मदनआश्रित स्मृति माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न दोस्रो गाउँ अधिवेशनबाट महासंघको ​​सहअध्यक्षमा इन्दिरा रिजाल उपाध्यक्ष खुल्ला तर्फ अमरबहादुर लावती, उपाध्यक्ष महिला तर्फ विनादेवी शर्मा,सचिव रामकुमार बस्नेत ,सहसचिव खुल्ला तर्फ विजयकुमार अधिकारी,सहसचिव महिला तर्फ टीका खनाल, सहसचिव अर्थ ओमप्रकाश गौतम, सम्र्वसम्मत निर्वाचित हुनुभएको हो ।

त्यस्तै सदस्यमा धरणीधर गजुरेल, उद्धव न्यौपान, इन्दिरादेवी खनाल, निर्मल गड्तौला, महेश रिजाल, सदस्य भाग्यकुमार बस्नेत, तुलसा खत्री बोहोरा, श्रीमत मुर्मू, शरणबहादुर राई समेत सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

महासङ्घका निवर्तमान अध्यक्ष एवम् निर्वाचन समितिका संयोजक हिमप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि कमल गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेका साथै रुकमान सुब्बा, बद्री कार्की, मधुसुदन अधिकारी, बालकृष्ण संग्रौला र खेमप्रसाद सापकोटा लगायतले नवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना मन्तव्यराख्नु भएको थियो ।

कार्यक्रम भीमप्रसाद पोख्रेलले सञ्चालन गर्नु भएको थियो भने हेमकुमार श्रेष्ठले शाब्दिक शब्द द्वारा स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *