September 19, 2026

साहित्य चौतारीमा देवीभक्त

0

बिर्तामोड।

साहित्य चौतारी बिर्तामोडको साधारणसभाबाट नयाँ कार्य समिति चयन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

तीन वर्ष कार्यकालका लागि समितिको अध्यक्षमा देवीभक्त श्रेष्ठ (संस्थापक) साहित्य उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठ, संगीत उपाध्यक्ष शान्ता पौडेल, कला उपाध्यक्ष हिम्मत नेम्वाङ, महासचिव भानुभक्त कुभेन्डेली, सचिव गौरव श्रेष्ठ, सहसचिव जीवन जगदिश धिताल, कोषाध्यक्ष भवानीप्रसाद गौतम, सहकोषाध्यक्ष कुमार श्रेष्ठ रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा सुनिता तामाङ्ग, चित्रा पौडेल, गोमा बिमली प्रसाइ, मनिषा भट्टराई, कल्पना भट्टराई, गोपाल दाहाल, टीका भट्टराई नेपाल, धनमाया दर्नाल रहेका छन् । त्यसैगरी सल्लाहकारमा लोकनाथ पौडेल, हस्त परियार, कृष्ण पौडेल, भवानी क्षेत्री, अनिरुद्र ओली, राजेन्द्र सग्रौला चयन भएका छन् ।

पद हस्तान्तरणसँगै सफल कार्यका लागि नयाँ कार्य समितिलाई शुभकामना दिइएको थियो । निर्वाचन संयोजक राजेन्द्र संग्रौलाको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सहजीकरण सदस्य कृष्ण पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *