September 19, 2026

प्रादेशिक अस्पतालका विरामीलाई फलफूल

0

भद्रपुर।

झापाको भद्रपुरमा कार्यालय रहेको झापा उद्योग संघले भद्रपुर भन्सारसँगको समन्वयमा बिहीबार प्रादेशिक अस्पताल, भद्रपुरका विरामीहरुलाई फलफूल वितरण गरेको छ ।

संघले सामाजिक उत्तरदायित्व अन्तर्गत ७२औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना भई उपचाररत् ८० जना बिरामीलाई स्याउ, सुन्तलाको प्याकेज फलफूल वितरण गरेको हो ।

अस्पतालको इमरर्जेन्सी, सर्जिकल वार्ड, मेडिकल वार्ड र प्रसूति वार्डमा उपचाररत विरामीलाई फलफूल वितरण गरिएको झापा उद्योग संघका उपाध्यक्ष दीपेश ढकालले जानकारी दिए ।

फलफूल वितरणअघि अस्पताल परिसरमा संक्षिप्त कार्यक्रम गरिएको थियो । उपाध्यक्ष ढकालकै अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि भद्रपुर भन्सारका प्रमुख अमित तिवारी, प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट रामबाबु खड्कालगायतले उद्योगी–व्यवसायीहरुको संगठन उद्योग–व्यवसाय क्षेत्रमा मात्र केन्द्रित नभएर सामाजिक सेवाकार्यमा पनि उत्तिकै जिम्मेवार रहनुपर्ने औंल्याउँदै उद्योग संघले निर्वाह गरेको सामाजिक उत्तरदायित्वको प्रशंसा गरेका थिए ।

संघका पूर्वसचिव, उद्योगी नितेश वर्मा, संघका सदस्य एवम् अग्रज निर्माण व्यवसायी केदार गिरी, भद्रपुरका सामाजिक व्यक्तित्व तथा व्यवसायी तोयानाथ गड्तौलालगायत फलफूल वितरण कार्यमा सहभागी रहेको संघका प्रेस सल्लाहकार गोपाल गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *