September 21, 2026

नि:शुल्क स्वास्थ्य शिविर

0

पथरी शनिश्चरे, 

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा लर्ड बुद्ध साकोसमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पथरीशनिश्चरे नगरपालिका-२ मा रहेको लर्ड बुद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्राङगणमा अन्तर्राष्ट्रिय मुटु दिवस पारेर शिविरको आयोजना भएको हो । शिविरमा इसिजी, इको गरिनुको साथै निशुल्क औषधी वितरण गरिएको थियो।

नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल का वरिष्ट मुटुरोग विशेषज्ञ डा. सुशान्त कटुवाल सहितको प्राविधिक टोलीको स्वास्थ्य सेवामा सकृयता पाईएको थियो। लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि, लायन्स क्लव अफ पथरी, योङ हार्ट शनिश्चरे, क्रियटिभ लेडिज र लियो क्लव अफ पथरीद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा १ सय २८ जना मुटु रोगीहरूले स्वास्थ्य सेवा लिनु भएको थियो।

पथरीशनिश्चरे नगरपालिकाकी उप प्रमुख तथा लायन्स ब्राण्ड एम्बासडर लायन देवीमाया काफलेले उद्घाटन गर्नुभएको उक्त शिविरमा लायन्स क्लव अफ पथरीका अध्यक्ष भगतचन्द्र थपलिया, पथरी योङ हर्ट अध्यक्ष सरोज राई, पथरीशनिश्चरेका अध्यक्ष भोजकुमारी लावती, पथरी क्रियटिभ लेडी अध्यक्ष सारदा बस्नेत, लियो पथरी नमिरा पौडेल, लर्डबुद्ध साकोस अध्यक्ष अमिर राईको उपस्थिति रहेको थियो ।

यसैगरी , लाइन्स अन्तर्राष्टिङ ३२५ सि बाट रिजन चियर पर्सन रोहितकुमार शाह, एरिया कोअर्डीनेटर झमक बहादुर काफले र डिष्टीक ट्रेनिङ पुल चिफ रोशन बुढाथोकी समेतको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *