September 21, 2026

‘पर्यावरणीय संरक्षण गर्दै पर्यटकीय प्रवद्र्धन गर्नुपर्छ’

0

छविराज ढकाल,
पथरी शनिश्चरे ।

पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले समुदायले वन, जंगल, पर्यावरणीय संरक्षण गर्दै पर्यटकीय प्रवद्र्धन गर्नु पर्ने बताउनु भएको छ ।

शनिबार पथरीशनिश्चरे वडा नं १० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १३ औं वार्षिक साधारणसभाका प्रमु्ख अतिथि समेत रहनुभएका तुम्वापोले सो कुरा बताउनुभएको हो ।

प्रमुख तुम्बापोले थप्नुभयो–‘सरकारको एकल प्रयासले मात्रै वन जंगल तथा पर्यावरण संरक्षण हुन सक्दैन, त्यसैले स्थानीय समुदायको पनि यसमा उत्तिकै दायित्व रहन्छ ।’

यसैगरी विशिष्ठ अतिथि सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश महासचिव रेणुका दाहाल, फेकोफन प्रदेश सदस्य अग्नी पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ मोरङका कार्यबाहक अध्यक्ष मदन पोखरेल लगायतले बोल्नुभएको थियो ।

यस्तै, सोही अवसरमा जेष्ठ नागरिक, फरक क्षमता भएका उपभोक्ता सदस्यहरुलाई नगद र प्रशंसा पत्रले सम्मान गरिएको थियो । साथै समूहले विपन्न मुखी कार्यक्रम अन्तर्गत सीपमुलक कम्प्यूटर तालिममा सहभागीहरुलाई प्रमाण–पत्र प्रदान र गरिव तथा जेहेन्दार छात्रछात्राहरुलाई स्टेशनरी सामग्री एवं साइकल प्रदान गरिएको थियो ।

आजै सोहि साधारण सभाले पुष्पराज शाहीलाई अध्यक्षमा सर्वसम्मत समिति चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *