September 17, 2026

संयुक्त आन्दोलनबाट अलग्गियो कोचिला समुदाय

0

झापा ।

झापा, मोरङ र सुनसरीलाई कोचिला प्रदेश बनाउनुपर्ने भन्दै राजवंशी समुदायले छुट्टै आन्दोलन थालेको छ ।

लामो समयदेखि पहिचानवादी आन्दोलनमा होमिएको कोचिला समुदायले पुनः नामाङ्कनका लागि आन्दोलनरत् पहिचानवादीको संयुक्त आन्दोलनबाट अलग हुँदै छुट्टै आन्दोलन थालेको हो ।

झापा, मोरङ र सुनसरीका कोचिला समुदायले प्रदेशको नाम लिम्बूवान–किराँत नमान्ने जिकिर गरेका छन् । सो समुदायले कोचिला एकता संयुक्त सङ्घर्ष समिति गठन गरेका छन् । झापाका ८ वटा पालिकामा समिति बनाएर गनगाँई, ताजपुरिया मेचेलाई पनि समेटिएको छ ।

प्रदेशको नाम कोशी राखेसँगै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले कोशी नाम खारेजीको आन्दोलन गरिरहँदा शुरुमा सो समुदाय पनि सँगै आन्दोलनमा थियो ।

संघर्ष समिति झापाका अध्यक्ष त्रिनारायण राजवंशीले ऐतिहासिक दस्ताबेजको आधारमा कोशी प्रदेशलाई कोचिला राज्य घोषणा गर्नुपर्ने माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *