कानेपोखरीका ४५ परिवारलाई लालपुर्जा
कानेपोखरी, 
कानेपोखरी गाउँपालिकाका ४५ जना अव्यवस्थित बसोबासीले जग्गाको धनीपूर्जाको प्रमाण पुर्जा प्राप्त गरेका छन् ।
उनीहरुले पहिलो किस्ता बराबरको कुल रकमको ३४ प्रतिशत रकम बुझाए पछि पुर्जा प्राप्त गरेका हुन् । सोहि गाउँ पालिकाको वडा नं. ६ को पहिलो ब्लकमा भूमिहीन सुकुम्बासी र भूमिहीन दलित ६२ जनालाई जग्गाको धनीपुर्जाको प्रमाण पुर्जा यस अघि नै वितरण गरिसकेको छ ।
पहिलो ब्लकमा अव्यवस्थित बसोबासी जम्मा १०२ जना हो । त्यसमध्ये आज ४५ जनालाई जग्गाको धनीपूर्जाको प्रमाण पुर्जा प्रदान गरिएको हो । भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी जम्मा गरी १६४ जनाको पहिलो ब्लक बनाई काम सुरु गरिएको थियो ।
