सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु दुई घाईते
पाँचथर।

पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन्।
मृत्यु हुनेमा स्थानिय कमल सुबेदीको छोरी १२ बर्षीया पुजना सुबेदी र १० बर्षीया गंगा सुबेदी रहेका छन । आज बिहान सवा ९ बजे हेवाखोलाबाट बालुवा बोकेर जोरपोखरी तर्फ जाँदै गरेको मे १ त २९६१ नम्बरको ट्याक्टरमा चढेर बिध्यालय तर्फ जाँदै गरेको अवस्थामा ट्याक्टरबाट लड्दा चक्काले किचेर उनीहरुको मृत्यु भएको हो ।
घाईते भएका स्थानिय बिशाल बराईलीको ११ बर्षीया छोरी रेश्मा बराईली र गणेश अधिकारीको १० बर्षीया छोरी सोनिया अधिकारीको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको छ ।
दुर्घटनामा संलग्न ट्रयाक्टर र चालक कुम्मायक पाँचथरका प्रेमबहादुर कामीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
