September 14, 2026

माई नगरपालिकामा तालाबन्दी

0

विमल दहाल,इलाम

माई नगरपालिका  , कोशी प्रदेश नामाकरण खारेज शान्तिपूर्ण अभियान तथा संयुक्त संघर्ष समिति माई नगरपालिका इलामले माई नगरपालिकामा तालाबन्दी गरेको छ।

ऐतिहासिक पृष्ठभूमीको आधारमा किरात–लिम्बुवान प्रदेश नामाकरण हुनुपर्छ भन्ने मागका आधारमा पहिचान पक्षधरको तर्फबाट तालाबन्दी गरिएको सघर्ष समितिले जनाएको छ । उनी हरुले पालिकामा रहेका कोशी प्रदेश लेखिएका कागजात, स्टाम छाँप लगायत नियन्त्रणमा लिई जलाई दिएका छन्।

पहिचान पक्षधरहरुको तर्फबाट ज्ञापन पत्र सम्बन्धित निकायमा पटक पटक बुझाउँदै आएको जनाउँदै राज्यद्धारा संघीय संरचना अनुरुप प्रदेश नं। १ को नामाङ्कन गर्दा ऐतिहासिक पृष्ठभूमीको आधारमा किरात(लिम्बुवान हुनुपर्छ भन्ने मागका आधारमा पहिचान पक्षधरको तर्फबाट स्थानीय तह तालाबन्दी गर्ने कार्यक्रम अन्तर्गत तालाबन्दी गरिएको जनाईएको छ ।

संघीय संरचनामा सम्बन्धित विज्ञहरुले सरकारलाई दिएको सुझाव अनुसार विभिन्न तहमा रहेका पहिचानवादी पक्षधरहरुलाई सुझाव दिनुपर्ने कानुनी आधार हुँदा हुँदै पनि सुझावसम्म नदिई गत फागुन १७ गते कोशी प्रदेश नामाकरण गरेको उनीहरुको आरोप छ ।

पहिचानवादी जनताहरुको आवाजलाई कुण्ठित हुने गरी छापामार शैलीमा हर्कतपूर्ण ढंगबाट कोशी प्रदेश नामाङ्कन गरेबापत पहिचान पक्षधरहरुबाट आन्दोलनका विभिन्न चरण पार गर्दै आएको अवगत गराउँदै केन्द्रिय
शान्तिपूर्ण संघर्ष समितिको निर्देशन बमोजिम स्थानीय सरकारको कार्यालयहरुलाई तालाबन्दी अभियान मुताविक तालाबन्दी गरिएको जनाएका छन् । पहिचानवादीको मागहरुलाई न्यायीक सम्बोधन नगरेमा निर्धारित मितिसम्म ताला नखोलिने कोशी प्रदेश नामाङ्कन खारेज
शान्तिपूर्ण अभियान तथा संयुक्त संघर्ष समिति माई नगरपालिका इलामले जनाएको छ। समितिले माईका १० वटै वडा कार्यालयहरुमा समेत तालाबन्दी गरेको छ। यता माङ्सेबुङ गाँउपालिकामा समेत पहिचान पक्षधरले तालाबन्दी गरेका छन। चुलाचुली गाँउपालिकामा भने चैत्र १४ गतेनै तालाबन्दी गरेका थिए।

आन्दोलनका कार्यक्रम अन्तर्गत चैत्र १४ देखि चैत्र १७ सम्म स्थानीय तहमा तालाबन्दी गर्ने कार्यक्रम रहे वमोजिम बन्द गरिएको पहिचान पक्षधरले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *