September 14, 2026

“‘खुल्ला म्याराथुन ” हुँदै

0

सुनिता खालिङ राई
इलाम, आगामी वैशाख १ गते खेलकुद विकास, स्वास्थ्यकर जीवन,इलामको अभियान पर्यटन प्रवर्द्धन भन्ने नारा का साथ आयोजना हुने “‘खुल्ला म्याराथुन इलाम–माईपोखरी म्याराथन” हुने भएको छ । इलाम नगरपालिका, सन्दकपुर गाँउपालिका र रणसार्दुल गणको संयुक्त आयोजनामा म्याराथन हुने भएको हो । म्याराथन पुरुष र महिला विधामा हुने छ ।पुरुष तर्फको ४२।२ किलोमिटर हुनेछ । इलाम नगरपालिका–१० गोदकको मेची राजमार्गस्थित नारायण चोक–माईखोला–इलाम बजार–बिब्लियाटे–धारापानी–माईपोखरी–सात खाल्डे मैदानसम्म रहेको छ । महिला तर्फ हाफ म्याराथन हुनेछ । महिला तर्फको दौड रुटः इलाम बजार–बिब्लियाटे–धारापानी– माईपोखरी–सात खाल्डे मैदान २१।१ किमी रहेको छ ।म्याराथनमा अन्तराष्ट्रिय धावकहरु समेत सहभागी हुने पत्रकार भेटघाट कार्यक्रममा इलामका नगर प्रमुख केदार थापाले बताए । पुरुष तर्फ पहिलो हुनेलाई २ लाख ५० हजार र महिला तर्फ पहिलो हुनेलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । दुवै समूह तर्फ १० औं स्थान सम्म प्राप्त गर्ने खेलाडीहरुले समेत नगद पुरस्कार पाउनेछन ।कार्यक्रम लाई पर्यटन बोर्ड इलाम नगरपालीका रणसार्दुल गणेश तथा बैंक वितीय सस्थाहरु ले आर्थिक सहयोग गर्ने भएको छ ्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *