September 13, 2026

‘विश्वप्रकाश झापाबाटै खडा हुन्छ’

0

झापा ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्वर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट आफू चुनाब नलड्ने बताएका छन् ।

काठमाडौं–५ कि झापा १ ? भन्ने चर्चा भइरहेका बेला मंगलबार बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच शर्माले यस्तो घोषणा गरेका हुन् । शर्माले यसपटक चुनाव जित्ने समेत दावी गरे । उनले भने – ‘यो तेस्रोपटकको ट्रायल हो यसपटक अवश्य पास हुन्छु ।’

तर, शर्माले आफू उम्मेदवार हुने नहुने भन्ने विषयको टुङ्गो नलागेको बताए । चुनाव जित्ने दावी गरेका शर्माले तीन पटकमा राँगा त छिन्छ भन्दै यसपटकको निर्बाचनमा राम्रो हिसाब किताब गरेर मात्रै उम्मेदवार बन्ने बताए ।

संविधान, लोकतन्त्र, मुलुक र जनताका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन अपरिहार्य भएको बताउँदै शर्माले गठबन्धन हुँदा झापा १ माओवादीको भागमा पर्न सक्ने संकेत समेत गरे । उनले आफू उम्मेदवार बन्ने विषयमा आन्तरिक छलफल भइरहेको समेत स्पष्ट पारे ।

गठबन्धनमा सिट बाँडफाँड हुँदा पहिले जितेको ठाउँमा त्यही पार्टीलाई दिने भन्ने मापदण्ड रहेको बताउँदै शर्माले अर्काे पनि मापदण्ड तय भएको बताउँदै अगाडि भने– पार्टी पदाधिकारीले उठ्ने इच्छा गरेको ठाउँमा छलफलबाट टुङ्ग्याउने सहमति पनि भएको छ ।

२०७४ सालको निर्वाचनमा गठबन्धन दल माओबादीका उम्मेद्वार सुरेन्द्रकुमार कार्की ‘पार्थ’ ले त्यस क्षेत्रमा शर्मालाई पराजित गरेका थिए । त्यसअघि संविधानसभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रवीन कोइरालाले समेत शर्मालाई पराजीत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *