September 29, 2026

वीरगञ्जबाट भारतको नयाँदिल्लीसम्म पैदलयात्रा

0

काठमाण्डौं ।

वीरगञ्ज महानगरपालिका–२ का शेख मुन्नाले वीरगञ्जबाट भारतको राजधानी नयाँदिल्लीसम्म पैदलयात्रा गर्ने भएका छन्।

उनले आफ्नो पैदलयात्रा यही साउन २१ गते शनिबार बिहान ७ बजे वीरगञ्जको घण्टाघरबाट प्रारम्भ गर्ने बताएका छन्।

वीरगञ्जबाट भारतको बिहार रक्सौल, नरकटियागञ्ज, रामनगर, बगाहा हुँदै उत्तरप्रदेश तथा गाजियावाद, बुलंदशहर, गाजियवाद हुँदै दिल्ली पुगेर पैदलयात्रा पूरा गर्ने लक्ष्य उनले राखेका छन्।

नेपालको पर्यटन प्रवर्द्धन तथा दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउने उद्देश्यका साथ आफूले पैदलयात्रा गर्न लागेको उनले जानकारी दिए । यसका लागि भारतीय दुई लाख रुपैया खर्च लाग्ने उन ले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *