September 29, 2026

एक करोड ३० लाख बराबरको सुर्तीजन्य पदार्थसहित चार पक्राउ

0

झापा ।

राजश्व छली गरेको सुर्तीजन्य पदार्थसहित चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

सिन्धुली तीनपाटन गाउँपालिका–६ घर भई बूढानीलकण्ठ नगरपालिका–११ बस्ने ५६ वर्षीय पोष्टराज गौतम, मोरङ विराटनगर नगरपालिका–१२ घर भई धोबिघाट बस्ने ५३ वर्षीय सुरेश पोखरेल, सर्लाही विष्णु गाउँपालिका–३ घर भई हाल कुलेश्वर बस्दै आएका ४४ वर्षीय दिनेश चौधरी र सिनामंगलका ३८ वर्षीय अरबिन्द अग्रवाललाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

उनका अनुसार उनीहरूले राजश्व छली गरी सुर्तीजन्य पदार्थ राखेको आरोप छ। केही व्यक्तिहरूले गैरकानुनी रूपमा भारतबाट कच्चा सुर्ती राजश्व छली ल्याई भण्डारण गरेको भन्ने गोप्य सूचना पाएको प्रहरी उपरीक्षक कोइरालाले बताए। सोही गोप्य सूचनाको आधारमा उनीहरूलाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

राजश्व अनुसन्धान विभाग हरिहर भवन तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नख्खुस्थित फूलबारी मार्ग, भैंसेपाटीस्थित पञ्चकन्या मार्गमा रहेको दुइटा गोदाम र अफिस तथा खोकनास्थित रहेको श्री न्यू शुभ लक्ष्मी सुर्ती उद्योगमा खानतलासी गरेको थियो।

खानतलासी गर्दा प्रहरीले तयारी सुर्ती १९५ बोरा अर्थात् झन्डै आठ हजार किलो र कच्चा सुर्ती झन्डै २० हजार २०० किलो बरामद गरेको जनाएको छ। प्रहरीले सामानको मुचुल्का उठाउने काम भइरहेको समेत जनाएको छ। झण्डै एक करोड ३० लाख बराबरको सुर्तीजन्य पर्दाथ बरामद भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *